लेमन ग्रास : सजिलो खेती र आथाहा सम्भावाना

लेखक: निसान पौडेल  


परिचय: लेमन ग्रास

 नाम: लेमन ग्रास

बैज्ञानिक नाम: Cymbopogon citratus

अङ्ग्रेजी नाम: Lemon grass,Citronella,Squinant

परिवार : Poaceae

 


“लेमन ग्रास” अर्थात् कागतीको वास्ना आउने सिरुजस्तो घाँस । स्वाद पनि ठ्याक्कै कागतीको जस्तो। यो वनस्पति पूरै नेपालभर फिंजिएको छ, तर मसला वा आँगनको डिल सजाउने बिरुवाको रूपमा मात्र।

सजिलो खेती

लेमन ग्रासको खेती नेपालको हिमाली क्षेत्रबाहेक सबै ठाउँमा हुन्छ। मध्यपहाड, खोंच, बेसी, मधेश र भित्री मधेशमा त यो खूबै सप्रन्छ। गर्मी हावापानी भएको ठाउँमा त वर्षमा तीन पटकसम्म यसको उत्पादन लिन सकिन्छ। पहाडमा वर्षमा कम्तीमा दुई पटक काट्न सकिन्छ। यसका लागि परम्परागत अन्नबालीको खेतीमा जस्तो जनशक्ति पनि चाहिन्न। न वर्षेनि बीउ छर्नुपर्छ न त गोडमेल गरिरहनुपर्छ। अरू अन्नबालीलाई जति मल–जल पनि चाहिंदैन।

जनशक्तिको अभावमा बाँझो बस्न थालेका खेतबारीहरूमा लेमन ग्रास लगाउन सकिन्छ। लेमन ग्रास त भीर, कान्ला र पाखोमा पनि हुन्छ। धेरै जमीन हुनेलाई व्यावसायिक खेती र थोरै जग्गा हुनेलाई अतिरिक्त आम्दानीका लागि निकै उपयुक्त छ, लेमन ग्रास। लेमन ग्रास प्रकृतिमा यतिकै पनि फुल्न–फल्न सक्ने हुनाले यसमा रोग–कीरा लाग्ने हुँदैन। यो अत्यन्तै तीव्र गतिमा बढ्ने तथा फैलिने खेती पनि हो।

अथाह सम्भावना

यो सुगन्धित घाँस विश्वले रुचाएको तेलको स्रोत हो। तरकारी वा सलादमा सीधै मिसाउन सकिने यो घाँसको स्वास्थ्यवर्द्धक चिया पनि बनाउन सकिन्छ।

 

यसको तेलको मुख्य बजार औद्योगिक देशहरू हुन्। यो सुगन्धित तेल विभिन्न ब्राण्डका महँगा पर्फ्यूम, क्रिम, फेसवास, साबुन, स्याम्पु, बडी स्प्रे, जेल आदि सौन्दर्य प्रसाधन र औषधिमा प्रयोग गरिन्छ। अहिले त नेपालमै पनि औषधि औद्योगिकहरूमा यसको माग बढिरहेको छ।

 

यस वनस्पतिमा कागतीको जस्तो बास्ना हुने भएकालेे यस्लाइ चियाको रूपमा सेवन गर्दा अत्यन्त लाभदायक मानिन्छ । यसमा भिटामिन B1,B2,B3,B5,B6, फोलिक acid र अन्य धेरै खनिज तत्व पाइन्छ ।यस्ले पाचन प्रक्रियामा मद्दत पुर्याउने,उच्च रक्तचापलाई सन्तुलनमा राख्ने,शरीरमा स्फुर्ती जगाउने,ज्वोरो,रुघाखोकी,मधुमेह ,दम,gastric,अल्सर,कब्जियत,जीवाणु संक्रमण आदिका लागी अत्यन्त उपयोगी मनिन्छ।यस बाट निकालिएको तेल aromatherapy का लागि प्रयोग गरिन्छ ।यसमा क्यन्सर र अन्य रोग प्रतिरोधात्मक क्षमता साथै छालाको समस्या हटाउने,रगत सफा राख्ने ,किटाणुजन्य रोगबाट बचाउने,शरीरको बोसो घटाउन समेत ठुलो भुमिका रहेकोे छ।यसबाट perfume ,candle पनि बनाइन्छ।लेमन ग्रास अर्थात लेमन टि को दैनिक सेवन स्वस्थ्यको लागि निकै लाभकार रहेकोे पाइन्छ।

अतः लेमन ग्रास नेपालको लागि ठूलो आर्थिक सम्भावना बोकेको घाँस हो भन्नेमा दुईमत हुँदैन। हाम्रा योजनाकार र उद्योगी–व्यवसायीहरूले बेलैमा यसतर्फ ध्यान दिने हो भने हामीले कच्चा तेल बेच्ने मात्र नभई, यसबाट अन्तिम उत्पादन गरेर पनि अथाह फाइदा लिन सक्छौं। 

 

 

 

 

Post a Comment

Previous Post Next Post